बाढीपीडितको उद्धार तथा राहतका लागि कुमारी बैंकको ३ करोड सहयोग

  • प्रकाशित मिति : २०८३ भाद्र ११, बिहीबार
  • नेपाल टेल संवाददाता

भोटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि कुमारी बैंक लिमिटेडले ३ करोड सहयोग गरेको छ । बैंकले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले तीन करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।



बुधबार बिहान भोटेकोसीमा एक्कासि आएको बाढीमा परेर हजारौँ मानिस प्रभावित भएका छन् ।